एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिए राजीनामा

एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिए राजीनामा
Spread the love

काठमाडौँ,साउन ३ (ई–रैवार)

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका रावलले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएका हुन् ।

माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको उनका सहयोगी गोविन्द दुवालले जानकारी दिएका छन् ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषण गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए । रावल यसबाट असन्तुष्ट रहेको बताइएको छ ।

माधव पक्षका अन्य सांसदहरुले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै छन् ।