काठमाडौं, असोज १० (ई–रैवार)
कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।



