सेती प्रादेशिक अस्पतालमा शुक्रबार १४ जनामा कोरोना पुष्टि

Spread the love

धनगढी,  असोज १ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा शुक्रबार १४ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७२ जनाको नमूना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा २ संक्रमित निको भई घर फर्किएको जनाकारी दिएका छन् । श्रेष्ठका अनुसार हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको जनाएको छ ।