नेपाल–भारत सीमा नाकाबाट सुनका गहनासहित २ जना पक्राउ

नेपाल–भारत सीमा नाकाबाट सुनका गहनासहित २ जना पक्राउ
Spread the love

धनगढी, असोज १० (ई–रैवार)

नेपाल–भारत सीमा नाकाबाट सुनका गहनासहित २ जनालाई पक्राउ परेका छन । क्षेत्रीय अनुसंधान टिम सुुदूरपश्चिम प्रदेशले भारतको मुम्बैबाट आएका २ जनालाई कञचनपुरको डोकेबजार क्षेत्रबाट पक्राउ गरिएको हो ।

डोटीको केआइसिंह गाउपालिका वडा नम्वर २ का २२ बर्षीय मोहन कटुवाल कामी र १९ बर्षका सुमित भुजेल पक्राउ परेको प्रहरी जनाएको छ । उनीहरुले सुनका गहनाहरु चोरी गरि नेपाल ल्याउँदै गर्दा नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताएका छन ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी सिंहका अनुसार मोटो बाला ५ थान, चुरा ४ थान, औँठी ४ थान, झुम्का ६ थान, कानको टप एक जोडी, हार एक थान, सानो बाला एक थान लगायतका गहना बराम गरिएको छ ।