काठमाडौं, असोज १० (ई–रैवार)
नेपालमा आज थप १ हजार २ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा १ हजार २ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कुल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले सम्म ५३ हजार १३ संक्रमित निको भएर डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ ।


