काठमाडौं, आश्विन २ (ई-रैवार)
नेपालमा एकै दिन थप संख्या २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएका हुन ।
योसँगै देशभर कोरोना संक्रमितको संख्या ६१ हजार ६ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ८ सय ७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।
संक्रमितमध्ये १ सय ७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत छन् । आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ रहेको छ ।


