काठमाडौं कात्तिक । नेपाल राष्ट्र बैंकले पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखा परेपछि आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेको छ ।
शुक्रबार एक विज्ञप्ती जारी गर्दै वेब प्रविधिमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखा परेपछि आफ्नो आधिकारिक वेबसाइट लगायतका केही सेवाहरू अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको हो । साथै वेबसाइटमा समस्या देखा परेपछि सरकारी कार्यालयका अन्य केही वेबसाइहरु पनि बन्द गरिएका छन् ।


