काठमाडौं, आश्विन २ (ई-रैवार)
नेपालमा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेका छन् ।
मोरङमा ६६–६६ वर्षीय २ जना, काठमाडौंमा ८८ वर्षीय, भक्तपुरमा ८२ वर्षीय र नवलपरासीमा ३१ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुने महिलामा काठमाडौंका ८५ र ललितपुरमा ६६ वर्षीया रहेका छन् । यो सँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।
५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु रहेका छन् ।


