सभामुख सापकोटाले भने – संसदलाई घेराबन्दी गर्न खोजियो

सभामुख सापकोटाले भने – संसदलाई घेराबन्दी गर्न खोजियो
Spread the love

काठमाडौं, वैशाख ५ (ई-रैवार)

सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताएका छन् । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले संसदलाई घेरबन्दी गर्न खोजिएको बताएका हुन ।

सभामुख सापकाेटाले आफूले कसैकाे दबाब र प्रभावमा काम नगरेकाे बताए । दबाब र प्रभावमा आफूले काम नगरेकाे र कहिल्यै पनि नगर्ने उनले बताए । प्रधानमन्त्रीतर्फ लक्षित गर्दै भन्नेले धेरै कुरा भनेपनि अहिले भित्रभित्रै ठुलाे बहस भइरहेकाे छ । प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउने संकल्प र प्रण गरेर काम गरिरहेकाे उनले बताए ।

प्रधानमन्त्रीको नाम नलिई सभामुख सापकोटाले भने संसदलाई घेराबन्दी गर्न खोजिएको र सभामुखले आफ्नो पक्षमा भूमिका खेलोस् भन्ने चाहेको बताए ।

अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता झण्डै दुई वर्षदेखि रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखको निरन्तर आलोचना गर्दै आएका छन् । शनिबार सर्वदलीय बैठकमा पनि सभामुखको आलोचना गर्दै उनले एमसीसीलाई संसदको विजनेस बनाउन दलहरुको सहमति खोजेका थिए ।

नेपाल पत्रकारकाे २६ अ‍ाैं महाधिवशेनबाट विपुल पाेख्रेलकाे नेतृत्वमा नयाँ टिम निर्वाचित भएकाे थियाे । नवनिर्वाचित कार्यसमितिकाे आज पदभार हस्तान्तरण भएकाे हाे ।