‘जन्तर’ कार्डले कोरोनाबाट बचाउदैन, बरू अन्य स्वास्थ्य समस्या बढाउछ:स्वास्थ्य मन्त्रालय

‘जन्तर’ कार्डले कोरोनाबाट बचाउदैन, बरू अन्य स्वास्थ्य समस्या बढाउछ:स्वास्थ्य मन्त्रालय
Spread the love

काठमाण्डौँ असार १३(ई-रैवार)

पछिल्लो समय नेपालमा ‘भाईरस रिमुभिङ कार्ड’ले व्यापक चर्चा पाएको छ । ‘जन्तर’को उपमाले प्रचलित गरिएको यो कार्डको चर्चा विशेषगरी पूर्वप्रधानमन्त्री एबं सत्तारूढ पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बाँड्दै हिडेपछि चुलिएको छ । अहिले यो नेकपाका शिर्ष नेताका गलागलामा पुगेको छ ।

चीनमा बनेको यो कार्डले ‘एकमिटर टाढा नै भाईरस मार्ने’ चर्चा गरिएको छ । त्यसैले नेकपाका नेताहरू यो कार्ड गर्धनमा झुण्ड्याएर मास्क नलाउदै हिडिरहेका छन् ।

यहि कार्डबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नजोगाउन प्रष्ट पारेको छ । बरु यसले मुटु, फोक्सा लगायतमा अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले भनेका छन्, ‘भाइरस रिमुभिङ कार्ड पत्ता लागेको छैन । यस्तो विधि भएको भए संसारभर यस्तो कठिनाई हुँदैनथ्यो होला ।’