सुदूरपश्चिम प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, आश्विन २ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा  २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ का ३ जना, वडा नम्बर ४ का १ जना र टीकापुर नगरपालिका वडा नम्बर १ का १ जनामा कोरोना पुष्टि भएको बताए ।

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ। २ सय १२ जनाको कोरोना परीक्षण भएकोमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ५ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । इन्चार्ज श्रेष्ठले ७ पुरुष र ८ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए ।

उनका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिका १५ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ३६ पुगेको छ ।  भने १५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।