डोटी, असोज ११ (ई–रैवार)
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ६५ नमुना मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जिल्लाको बोगटान फुडसिल गाउँपालिकाका एकजना पुरुषमा संक्रमण देखिएको बताए । परिक्षण गरिएका अन्य ६५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
आज दिपायल सिलगढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, बोगटान फुडसिल र के.आई.सिंह गाउँपालिका लगायतका ठाउँबाट संकलन गरिएका नमुनाहरु परिक्षण गरिएका थियो।


