नेपाली सेनाद्धारा कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन

नेपाली सेनाद्धारा कोरोनाबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापन
Spread the love

धनगढी, आश्विन १ (ई-रैवार)

कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढीकी महिलाको शव व्यवस्थापन गरिएको छ। संक्रमित महिलाको मृत्युपछी आज नेपाली सेनाले शव व्यवस्थापन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ७ को राष्ट्रिय वनमा उनको शव व्यवस्थापन गरिएको जाकारी दिएको छ ।

सेती प्रादेशिक अस्पताल घनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको हिजो साँझ मृत्यु भएको थियो ।

सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो।

कोरोना संक्रमित महिलाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । सूचना अधिकारी श्रेष्ठका अनुसारे संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेम्डेसिभिर औषधि समेत प्रयोग गरिएको थियो ।