मोहन बैद्य ‘नेतृत्व’ को ३३ दलीय मोर्चासहित तीनवटा दलको दर्ता खारेज

Spread the love

काठमाडौं : निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दल दर्ता खारेज गरिदिएको छ । लेखा परिक्षण प्रतिवेदन नबुझाएका दललाई २० हजार जरिवाना गर्ने र सो जरिवाना नतिर्ने दलको दर्ता खारेज गर्ने नियम अनुसार तीनवटा दल खारेज भएका हुन्।

आयोगका अनुसार दल दर्ता खारेज हुने दलहरुमा नेपाल युवा किसान पार्टी, मोहन वैद्य किरण नेतृत्वको ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद रहेका छन् । यी तीनै दलले लेखा परिक्षण प्रतिवेदन नबुझाएको तथा जरिवानासमेत नतिरेकाले ३० पुसको निर्णयानुसार खारेज गरिएको हो ।

३३ दलीय मोर्चाको नेतृत्व किरणले अनौपचारिक रुपमा गर्दै आएका थिए । उनको पार्टीले पुस २० भित्रमा लेखा परिक्षण प्रतिवेदन र जरिवाना दुवै नबुझाएपछि आयोगले खारेज गरिदिएको हो ।