काठमाडौं, असोज २३ (ई-रैवार)
बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा चितवन टाईगर्स र पोखरा राईनोज खेल्दैछन् । कीर्तिपुरस्थित टीयू मैदानमा चितवनले टस नितेर बलिङ रोज्दै पोखरालाई ब्याटिङको निम्तो दिएको छ । पोखराबाट रिचर्ड लेभी र विपिन रावलले ओपनिङ गरेका छन् ।
यो संस्करणको लिग चरणमा चितवन र पोखराले दुई खेल खेलेका थिए । दुबे खेलमा चतिवनले सहज जित निकालेको थियो । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका छन् ।
चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पारजित गरेर फाइनल पुगेको हो । पोखराले भने अर्को अवसरमा भैरहवा ग्लाडिएटर्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै चितवनसँग भेट पक्का गरेको हो ।
यी दुई टोली यही संस्करणमा दुई पटक भेट हुँदै दुवै पटक चितवन विजयी भएको थियो । जितवन लिग चरणमा पाँचमध्ये चार खेल जित्दै ८ अंक जोडेर पहिलो भएको थियो भने पोखरा तीन जित र १ बराबरीबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा पोखरा चितवनसँग मात्र पराजित भएको थियो ।


