सरसफाई सप्ताहमा कोरोना सम्बन्धी सचेतना

सरसफाई सप्ताहमा कोरोना सम्बन्धी सचेतना
Spread the love

एकेन्द्र चन्द

डोटी जेठ २९(ई-रैवार): ‘२१ औं राष्ट्रिय सरसफाई सप्ताह’ कोभिड-१९ विरूद्ध सचेतनामूलक कार्यक्रम गरी मनाईएको छ ।

‘कोभिड-१९ बाट बच्न साबुन पानीले धुने गरौँ हात, पुर्ण सरसफाइमा उचित ध्यान दिदै माक्सको नछोडौ साथ’ भन्ने मुल नाराका साथ डोटीको बडिकेदार गाउँपालिका -५ रन्तोलामा सरसफाई सप्ताह मनाइएको हो ।

सरसफाई सप्तह समारोहमा बोल्दै केदार ग्रामीण समाज नेपालका अध्यक्ष गणेश राज जोशीले यो कोरोना विरूद्धको लडाईको समय भएकोले सबैले सचेत भएर सरसफाईमा ध्यान दिदै कोरोना विरुद्ध लड्नुपर्ने बताए ।

त्यस्तै सरसफाइ सप्ताह कार्यक्रममा केदार ग्रामीण बिकास समाज नेपालको ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनाले स्वास्थ सामाग्री हस्तान्तरण गरेको थियो ।
बडिकेदार गाउँपालिकालाई पुर्ण सरसफाईयुक्त गर्ने अभियान चलिरहदा यो वर्ष कोरोनाले ढिलाई गरेको छ ।