बिमलेन्द्र निधीको सहयोग पनि देउवालाई नै !

Spread the love

काठमाण्डौं: नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन्।
साेमबार भएकाे पहिलाे चुनावमा बहुमत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवा दाेस्राे चरणमा सहयाेग माग्दै हिँड्ने क्रममा पहिलाे चरणका सभापति उम्मेदवार निधिकाे निवास पुगेका हुन्। 
त्यस क्रममा निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको हो।   
यसअघि पहिलो चरणका अर्का प्रत्याशी प्रकाशमान सिंहले पनि आफ्नो समूहको सहयोग देउवालाई हुने बताइसकेका छन्।