नेपालमा थप २५०जनामा कोरोना पुष्टि, कुल संख्या ४६१४ पुग्यो

नेपालमा थप २५०जनामा कोरोना पुष्टि, कुल संख्या ४६१४ पुग्यो
Spread the love

धनगढी जेठ २९(ई-रैवार)

बिहीबार थप २ सय ५० जनामा  कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।