बिशेष जानकारी

मन्त्रिपरिषद्‍ पुनर्गठन : विष्णु पौडेल अर्थमन्त्री, रक्षाबाट पोखरेल हटे (सूचीसहित)

काठमाडौं, असोज २८ (ई-रैवार)  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ । नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिका अर्थमन्त्री […]

राज्यको तीन अर्ब ७८ करोड लगानी भएको गेटा मेडिकल कलेजले पढाउने स्वीकृति पाएन

धनगढीमा तेजराज भट्ट, जुम्लामा मानदत्त रावल, दाङमा भूपेन्द्र वली, काठमाडौंमा भवानीश्वर गौतम  काठमाडौं, असोज २२ (ई-रैवार)  डा. गोविन्द केसी १६औँ सत्याग्रहमा बस्दा सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने सहमति गरेको थियो । तर, नयाँ कलेजको प्रगति त परै जाओस्, पहिले नै पूर्वाधार निर्माण भएका कलेज सञ्चालन गर्न पनि सरकारले रुचि देखाएको छैन । कैलालीको गेटामा सरकारी ढुकुटीको पौने चार अर्ब […]

सक्रिय संक्रमित २५ हजार पुगे फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं, असोज ७ (ई–रैवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार पुगे फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको हो । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय […]

कोरोना सङ्क्रमणबाट ५ सय ७९ जना नेपालीको मृत्यु, विदेशमा मात्रै २ सय ४३ जनाको ज्यान गयो

काठमाडौँ,  भदौ २८ (ई-रैवार) कोरोनाका कारण विदेशमा अहिलेसम्म २ सय ४३ नेपालीको मृत्यु भएको छ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म विदेशका विभिन्न १६ मुलुकमा २ सय ४३ नेपालीको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता मात्रै कोरोना सङ्क्रमणका कारण थप ४३ नेपालीको निधन […]

ओली र दाहालको बैठक सकियो, सचिवालय बैंठक शनिवार बोलाउने

  काठमाडौं, भदौ ९ (ई-रैवार)  सत्तारुढ नेकपाले सचिवालय बैठक यही भदौ १३ गतेका लागि बोलाइएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले भदौ १३ शनिवार गते सचिवालय बैठक बोलाउने निर्णय गरेका हुन् । दाहालका प्रेस सहयोगी विष्णु सापकोटाले दुई अध्यक्षबीच भदौ १३ मा सचिवालय बैठक बोलाउने सहमति भएको […]

कोरोना भाइरस नियन्त्रणमा १३ अर्ब ३६ करोडभन्दा बढी खर्च

  काठमाडौं, भदौ ५ (ई-रैवार) सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि १३ अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ । बिहीबारको मन्त्रिपरिषद्‌को बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि गरेको खर्चको विवरण सार्वजनिक गरेका हुन् । उनका अनुसार कोरोना नियन्त्रणमा चैतदेखि […]

नेकपा कार्यदलको प्रारम्भिक प्रतिवेदन तयार : मंसिर ४ कै सहमतिको पुनर्व्याख्या

  बिनु सुवेदी काठमाडौँ, भदौ ४ (ई-रैवार)  पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्न गठित नेकपाको कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गर्दै कार्यकारी अध्यक्षको कामलाई प्रधानमन्त्रीले हस्तक्षेप नगर्ने खालको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ । कार्यदलले पार्टीको आगामी महाधिवेशन सम्बन्धमा पनि आफ्नो धारणा तय गर्दै यसअघि केन्द्रीय कमिटीले तय गरेको चैतको मितिमै गर्नु उपयुक्त हुने […]

भारतमा कोरोना संक्रमित २७ लाख नाग्यो, पछिल्लो २४ घण्टामा मात्र ५५ हजार ७९ संक्रमित थपिए

  काठमाडौं,  भदौ २ (ई-रैवार) भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख २ हजार ७ सय ४३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना […]

त्रुटीपूर्ण रहेको भन्दै प्रदेश प्रमुखद्वारा प्रमाणीकरणका लागि पठाएको प्रदेश सञ्चार विधेयक फिर्ता

  जनकपुर, भदौ १ (ई-रैवार) प्रमाणीकरणका लागि पठाएको प्रदेश सञ्चार विधेयक त्रुटीपूर्ण रहेको भन्दै प्रदेश प्रमुखले फिर्ता पठाएका छन। प्रदेश सभाबाट बहुमतले पारित भएको प्रदेश सञ्चार विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनहरू समेत नमिलेको भन्दै प्रदेश प्रमुखको कार्यालयले उक्त विधेयक प्रदेश सरकारलाई फिर्ता पठाएको हो। प्रदेश सरकारले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ लाई […]

सार्वजनिक सेवा प्रसारण विधेयकको समीक्षा

 तारानाथ दाहाल सार्वजनिक प्रसारणको चीरप्रतिक्षित चाहनाको विषयले अब संसदमा प्रवेश पाएको छ । वि.स २०६३ सालबाट सुरु भएको यो विषयको बहस र विभिन्न पहलहरू अब नयाँ चरणमा प्रवेश गरेको छ । सरकारले असार १५ गते रेडियो नेपाल र नेपाल टेलिभिजनको मौजुदा नियमनको व्यवस्थालाई परिवर्तन गर्न सार्वजनिक प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक […]