काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको चुनाव आगामी वैशाख १४ गते गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज प्रधानमन्त्री देउवालाई भेटेर सबै स्थानीय तहको चुनाव […]
बिशेष जानकारी
ललिता निवास जग्गा प्रकरणका ‘योजनाकार’ पक्राउ
काठमाडौँ : बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान टुंग्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपित पक्राउ गर्न थालेको छ । ठगीको कसुरमा जाहेरी परेको दुई वर्षभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी हदम्याद नजिकिँदै गएपछि सीआईबी सक्रिय बनेको हो । पछिल्लो पटक काठमाडौं जिल्ला अदालतबाट आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकामा जग्गा हिनामिनाका ‘मुख्य योजनाकार’ […]
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं, मंसिर १७ (ई-रैवार) राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताए। ‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ। सिष्टममा अपलोड हुँदैछ, केही समयमा हेर्न मिल्छ,’ उनले भने। […]
विश्वको तापक्रम २ डिग्री सेल्सियसले बढे एक अर्ब मानिस पीडित हुने
द गार्जियन, कात्तिक २३ (ई-रैवार) विश्वव्यापी तापक्रम केवल २ डिग्री सेल्सियस वृद्धि भयो भने एक अर्ब मानिस पीडित हुने एक अध्ययनले देखाएको छ । यूके मेट अफिसले कोप २६ मा प्रस्तुत गरेको अध्ययनले यस्तो देखाएको हो । वैज्ञानिकहरूले त्यो संख्या अहिलेको भन्दा १५ गुणा बढी हुने बताएका छन् । कोप २६ को प्रमुख लक्ष्य विश्वव्यापी […]
एमसिसी नेपालकै कानुनको अधिनमा रहेर पारित हुन्छ : प्रधानमन्त्री देउवा
धनगढी कार्तिक ५ (ई-रैवार) बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालको कानुनको अधिनमै रहने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमणका क्रममा धनगढी पुगेको अवसरमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘त्यस(एमसिसी)मा केही छै–छैन, यसका विषयमा झुठा प्रचार गरिया छ […]
सुदूरपश्चिममा कोरोना जोखिम बढ्यो, तर आइसियू र भेन्टिलेटर बढेनन्
अर्जुन अधिकारी काठमाडौं, चैत ३० (ई-रैवार) कोरोना भाइरस कोभिड– १९ को दोस्रो छालको असर सुदूरपश्चिम प्रदेशमा पनि देखिएको छ । तर, सुदूरपश्चिममा कोरोना जोखिम बढे पनि आइसियू भेन्टिलेटर भने बढेका छैनन् । चिकित्सकले कोरोनाको दोस्रो छाल निकै जटिल खालको हुने भन्दै धेरैलाई आइसियू र भेन्टिलेटर आवश्यक पर्ने बताएका छन् । गत ८ चैतदेखि कञ्चनपुरमा कोरोना पजिटिभ हुने क्रम […]
वाग्मती प्रदेश सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा
काठमाण्डौँ पुस १०(ई-रैवार) वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव हालेका हुन् । उनीहरू प्रदेशसभा सचिवालय पुगेर बिहान ११ः२५ मा हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावकमा शालिकराम जमकट्टेल छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका उनी पदबाट राजीनामा दिएर […]
धनगढीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
धनगढी, कार्तिक २ (ई-रैवार) धनगढीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ बर्षीय पुरुषको होम आईसोलेसनमा बसेका समयमा मृत्यु भएको हो । उनी क्यान्सरबाट पिडित थिए । उनलाई क्यान्सर उपचारका लागि चितवन लगेर घरमा ल्याईएको थियो । होम आईसोलेसनमै वसेका वेला ती पुरुषको आज बिहान दुई […]
मन्त्रिपरिषद् पुनर्गठन : विष्णु पौडेल अर्थमन्त्री, रक्षाबाट पोखरेल हटे (सूचीसहित)
काठमाडौं, असोज २८ (ई-रैवार) प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा हेरफेर गरेकी छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ । नयाँ मन्त्रिपरिषद्मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिका अर्थमन्त्री […]
राज्यको तीन अर्ब ७८ करोड लगानी भएको गेटा मेडिकल कलेजले पढाउने स्वीकृति पाएन
धनगढीमा तेजराज भट्ट, जुम्लामा मानदत्त रावल, दाङमा भूपेन्द्र वली, काठमाडौंमा भवानीश्वर गौतम काठमाडौं, असोज २२ (ई-रैवार) डा. गोविन्द केसी १६औँ सत्याग्रहमा बस्दा सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्ने सहमति गरेको थियो । तर, नयाँ कलेजको प्रगति त परै जाओस्, पहिले नै पूर्वाधार निर्माण भएका कलेज सञ्चालन गर्न पनि सरकारले रुचि देखाएको छैन । कैलालीको गेटामा सरकारी ढुकुटीको पौने चार अर्ब […]


