वाग्मती प्रदेश सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा

वाग्मती प्रदेश सरकार विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा
UML PP leader Dor Mani Paudel pose for a portrait after being appointed as Chief Minister of Province 4 in Hetauda, on Sunday. February 11, 2018. Photo: Prakash Dahal
Spread the love

काठमाण्डौँ पुस १०(ई-रैवार)

वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाकै दाहाल–नेपाल समूहका ४५ प्रदेशसभा सदस्यले शुक्रबार अविश्वासको प्रस्ताव हालेका हुन् ।

उनीहरू प्रदेशसभा सचिवालय पुगेर बिहान ११ः२५ मा हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका छन् । प्रस्तावकमा शालिकराम जमकट्टेल छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका उनी पदबाट राजीनामा दिएर अविश्वास प्रस्ताव दर्ता गराउन गएका हुन् ।

त्यस्तै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलालले पनि पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । यसअघि स्थायी राजधानी घोषणा, बजेटको समयमा समेत मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर भए पनि दर्ता भएको थिएन । मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् ।