आज विजयादशमी शुभ साइत बिहान ११ बजेर ५३ मिनेटमा

आज विजयादशमी शुभ साइत बिहान ११ बजेर ५३ मिनेटमा
Spread the love

काठमाडौं असोज। दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरूप टीका र जमरा थापेर मनाइन्छ।पञ्चांग निर्णायक समितिले नेपालमा विजया दशमीको टीका थाप्ने उत्तम समय आज असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटलाई उत्तम भनेर घोषणा गरेको छ।