सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
Spread the love

काठमाडौं,असोज स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। संघका अनुसार मंगलबार दुई लाख २१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला दुई लाख २३ हजार रूपैयाँ पुगेको छ।