काठमाडौं असार। प्रधानमन्त्री वालेन्द्र शाह र देशका प्रमुख उद्योगी तथा व्यवसायीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष संवाद सुरु भएको छ। देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउने उद्देश्यका साथ प्रधानमन्त्री शाहले आज यो विशेष छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त उच्चस्तरीय संवाद साढे ११ बजेदेखि सुरु भएको हो।
बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रबीचको सहकार्यका विषयमा गहन छलफल हुने जनाइएको छ।
छलफलमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष अन्जन श्रेष्ठ र एफएनसीसीआईका उद्योग समिति सभापति उज्ज्वल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआई) का निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डा। घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्स (एनसीसी) का अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायतको उपस्थिति रहेको छ।


