ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ

ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
Spread the love

काठमाडौं असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आवश्यक परे पुनः कडा सैन्य आक्रमण गर्न सकिने चेतावनी दिएका छन् ।

बीबीसीको लाइभ अपडेटअनुसार ट्रम्पले अमेरिकाले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने उद्देश्यका साथ कारबाही गरिरहेको दोहोर्‍याएका हुन् । ट्रम्पले पछिल्लो रात गरिएको नयाँ आक्रमणपछि आवश्यक परे आज राति पनि इरानलाई कडा प्रहार गर्न सक्छौँ भनेका हुन् । यद्यपि उनले अमेरिकी सैन्य कारबाहीको उद्देश्य इरानमा शासन परिवर्तन गराउनु नभई केवल उसको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको स्पष्ट पारे ।यसअघि आफूले अमेरिका–इरानबिचको युद्धविराम समाप्त भएको संकेत दिए पनि सम्भावित नयाँ सम्झौताबारे भने ट्रम्पले स्पष्ट जवाफ दिएनन् । उनले सम्झौता गरेर पनि हुन सक्ने, नगरी पनि हुन सक्ने बताए । कतिपय अवस्थामा सम्झौताभन्दा त्यसबिनै अघि बढ्नु सजिलो हुन्छ, उनले कूटनीतिक विकल्प खुला रहेको संकेत गरे ।ट्रम्पले आवश्यक परे इरानमाथि पुनः नौसैनिक नाकाबन्दी लगाउन सकिने पनि चेतावनीसमेत दिएका छन् । उक्त नाकाबन्दी यसअघि युद्ध अन्त्यका लागि भएको प्रारम्भिक सहमतिपछि हटाइएको थियो । बीबीसीका ह्वाइट हाउस संवाददाता बर्न्ड डेबुस्मान जुनियरका अनुसार ट्रम्पको पछिल्लो अभिव्यक्ति र देखिएको आक्रोशले उनी इरानप्रति धैर्य गुमाउँदै गएको संकेत गरेको छ ।