खेलकुद

फ्रान्स र पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा विजयी सुरुआत

काठमाडौं, भदौ २२ (ई-रैवार) विश्वकप विजेता फ्रान्स र पोर्चुगलले यूईएफए नेसन्स लिग फुटबलमा विजयी सुरुआत गरेका छन् । शनिबार राति भएको खेलमा फ्रान्सले स्विडेनलाई उसैको मैदानमा १–० गोलले हरायो । अर्को खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोलले स्तब्ध बनायो । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई जिताउन युवा स्ट्राइकर केइलिन एमबाप्पे नायक बने। एमबाप्पेले ४१औं मिनेटमा गरेको गोल नै […]

अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डले जित्यो टी–२० सिरिज

काठमाडौं, भदौ २२ (ई-रैवार) इंग्ल्याण्डले अन्तिम खेलअघि नै अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–२० सिरिज जितेको छ । आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेपछि इंग्ल्यान्डले एक खेल अगाबै सिरिज आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा २ रनको जित हात पारेको इंग्ल्याण्डले २–० को अग्रता लिएको थियो । साउथह्याम्पटनको रोज बलमा भएको खेलमा […]

क्यारेबियन प्रिमियर लिग : सन्दीप सम्मिलत जमैका पराजित

काठमाडौं, भदौ २२ (ई-रैवार)  नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज पराजित भएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको हो । सोमबार बिहान भएको खेलमा जितका लागि १ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय […]

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्‍नई र मुम्बई भिड्ने

  काठमाडौं,  भदौ २१ (ई-रैवार) भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १३ औं संस्करणको आईपीएलको खेल तालिक सार्वजनिक गरेको छ । कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र साविकको विजेता चेन्‍नई सुपरकिङ्‌स भिड्ने भएका हुन् । आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्ने […]

यूईएफए नेसन्स लिग : डेनमार्कविरुद्ध बेल्जियमको जित

  काठमाडौं, भदौ २१ (ई-रैवार) बेल्जियमले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–० गोल अन्तरले हराएको हो । डेनमार्कको घरेलु मैदानमा भएको खेलमा बेल्जियमलाई जित दिलाउन जेसन डेनायर र डेरिस मेर्टेन्सले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा जेसनले गोल गर्दै बेल्जियमलाई अग्रता […]

सन्दीप लामिछाने आबद्ध जमैका तलावाज ७ विकेटले पराजित

  काठमाण्डौ, भदौ २१ (ई-रैवार) क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा सन्दीप लामिछानेको टिम जमैका तलावाज ७ विकेटले पराजित भएको छ । जमैकाले दिएको १ सय ६२ रनको लक्ष्य बार्बाडोस ट्रिन्डाडले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । पहिला ब्याटिङ गरेको जमैकाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ६१ रन […]

अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा इंग्ल्यान्डको रोमाञ्चक जित

  काठमाडौं, भदौ २० (ई-रैवार) अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० खेलमा घरेलु टिम इंग्ल्यान्डले रोमाञ्चक जित हात पारेको छ । शुक्रबार राति साउथह्याम्टनमा भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि २ रनको रोमाञ्चक जित हात पारेको हो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १६२ रन जोड्यो । उसका लागि डविड मलानले ४३ बलमा ६६ रन र […]

सन्दीपको टोली जमैका सिपिएलको सेमिफाइनलमा

  काठमाडौं, भदौ १९ (ई-रैवार) नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग क्रिकेटकोे सेमिफाइनलमा पुगेको छ । आज बिहान भएको खेलमा बारबाडोस ट्रिडेन्टस गुयना अमेजन वारियर्ससँग पराजित भएपछि जमैका लिग चरणमा दुई खेल खेल्न बाँकी हुँदै सेमिफाइलनमा पुग्ने निश्चित भएको हो । आठ खेलबाट सात अंक भएको जमैका तालिकाको चौथौ स्थानमा छ […]

पहिलो खेलमैं रसियाको सहज जित

  एजेन्सी, भदौ १९ (ई-रैवार) यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा रसियाले सहज जित निकालेको छ । लेभ एसिन स्टेडियममा बिहीबार राति भएको खेलमा रसियाले सर्बियासँग ३–१ गोलको जित निकालेको हो । समूह जी अन्तर्गतको खेलमा रसियालाई जित दिलाउन अर्टिम ज्युबाले दुई गोल र भेसिया कार्भेइबले एक गोल गरे । उता सर्बियाका लागि आलेक्सेन्डर […]

सन्दीपको टिम जमैकाको सेमिफाइनल सम्भावना कायमै

  एजेन्सी, भदौ १९ (ई-रैवार) नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टोली जमैका तलावाज र सेन्ट किट्स एन्ड प्याट्रियट्सबीचको खेल वर्षाका कारण स्थगित भएको छ । क्यारेबियन प्रिमियर लिग ९सीपीएल०मा वर्षाको कारण खेल नतिजा विहिन भएपछि दुबै टिमले समान एक–एक अंक बाडेका छन् । ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको […]