एजेन्सी, असोज ९ (ई–रैवार) यूइएफए सुपर कपको उपाधि बार्यन म्युनिखले जितेकाे छ । गएराति भएको फाइनलमा सेभिल्लालाई खेलको अतिरिक्त समयमा २–१ ले पराजित गर्दै बार्यनले उपाधि जितेकाे हो । बार्यनले यसअघि सन् २०१३ अर्थात् सात वर्षअघि सुपर कपको उपाधि जितेको थियो । सात वर्षपछि फाइनलमा पुगेको बार्यन खेल उल्टाएर उपाधि जित्न सफल भएको हो ।सेभिल्ला […]
खेलकुद
आईपीएल : पञ्जाबका कप्तान राहुलको नयाँ रेकर्ड, बैंगलोर ९७ रनले पराजित
एजेन्सी, असोज ९ (ई–रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल)मा किङ्स इलाभेन पन्जाबले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति यूएईमा भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सहज जित दर्ता गरेको हो । २ सय ७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा १ सय ९ रन बनाएर अलआउट हुँदा पन्जाबले ९७ रनको जित दर्ता गरेको छ।टस […]
काराबाओ कपमा आर्सनल विजयी
एजेन्सी, असोज ८ (ई–रैवार) प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलमा विजयी भएको छ । बुधबार राति लेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनल २–० ले विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा आर्सनलले दुबै गोल गरेको थियो । आर्सनलको जितका लागि एडवार्ड केटिहले गोल गर्दा एक गोल आत्मघाति उपहार […]
आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित
काठमाडौं, असोज ८ (ई–रैवार) साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ । उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो । कप्तान रोहित शर्माको शानदार अर्धशतक अनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बईले सहज जित […]
आइपीएलमा बैंगलोरको विजयी सुरूवात, हैदराबाद १० रनले पराजित
एजेन्सी, असोज ६ (ई–रैवार) यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले विजयी सुरुवात गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पच्याएको हैदराबादले १९ ओभर ४ बलमा अलआउट हुँदै […]
आइपीएलमा चेन्नईको विजयी सुरूवात
एजेन्सी, असोज ४ (ई–रैवार) साविक उपविजेता चेन्नई सुपर किङ्सले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । यूएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर […]
आईपीएल आजबाट, पहिलो खेलमा मुम्बई र चेन्नई भिड्दै
एजेन्सी, असोज ३ (ई–रैवार) इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (शनिबार) बाट सुरु हुँदैछ । १३ औं संस्करण आईपीएल आजबाट यूएईमा सुरु हुन लागेको हो । यूएईको अबुधाबीमा हुने सिजनको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु […]
एसी मिलानको सहज जित
एजेन्सी, आश्विन २ (ई-रैवार) इटालियन सिरी ए क्लब एसी मिलान युरोपा लिग फुटबलमा विजयी भएको छ । बिहीबार राति भएको खेलमा शामरक रोभर्समाथी २–० को सहज जित निकालेको हो । रोभर्सको घरेलु मैदानमा भएको खेलमा मिलानको जितका लागि ज्लाटन इब्राहिमोभिच र हाकन चल्हानोग्लुले एक एक गोल गरे । इब्राहिमोभिचले खेलको २३ औं मिनेटमा गोल गर्दै […]
क्रिकेट खेलाडी भण्डारीको हात र खुट्टाको शल्यक्रिया
काठमाडौं, आश्विन २ (ई-रैवार) सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा. चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि पनि उनलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न […]
अष्ट्रेलियाले जीत्यो इंग्ल्याण्डविरूद्धको ओडीआई सिरिज
एजेन्सी, आश्विन १ (ई-रैवार) इंग्ल्याण्डविरूद्धको तीन खेलको ओडीआई सिरिज अष्ट्रेलियाले जीतेको छ । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा निर्णायक ओडीआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज २-१ ले जीतेको छ । इंग्ल्याण्डले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको ३०३ रनको विशाल विजयी लक्ष्य अष्ट्रेलियाले २ वल […]


