अर्थ

बैंकहरुले ब्याजदर घटाए

काठमाडौं पुस । एक दर्जनभन्दा बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।आज सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ । मंसिर […]

४ महिनामा भित्रियो पौने ७ खर्ब रेमिट्यान्स

काठमाडौं पुस। चालु आर्थिक वर्षको कात्तिक महिनामा असोजको तुलनामा रेमिट्यान्स आप्रवाह घटेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा ६४ अर्बले रेमिट्यान्स घटेको हो । २०८२ कात्तिक महिनामा १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ । असोज महिनामा २ खर्ब १ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो ।नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ […]

वैदेशिक रोजगार बोर्डले श्रमिकलाई दिएको तालिममा अनियमितता

काठमाडौं पुस । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले जम्मा गरेको पैसाबाट वैदेशिक रोजगार बोर्ड सञ्चालनमा छ । बोर्डले श्रमिकको पैसालाई श्रमिकको राहत, उद्धार तथा स्वास्थ्योपचारका कार्यक्रममा बढाउँदै आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सचेता फैलाउने काम समेत बोर्डकै हो । विदेश जाने श्रमिक नठगिउन्, समस्यामा नपरुन्, समस्यामा परेको खण्डमा तत्काल उद्धार गर्न सकियोस् भन्ने परिकल्पना […]

४ महिनामै लिइयो १ खर्ब ३८ अर्ब सार्वजनिक ऋण, दायित्व सवा २७ खर्ब

काठमाडौं मंसिर । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मा सरकारले १ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ । सोही अवधिमा विनिमय दरमा आएको उतारचढावका कारण ४४ अर्ब २२ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण दायित्व थपिएको छ ।सोही अवधिमा सरकारले १ खर्ब २७ अर्ब ६१ करोड बराबर ऋण […]

राष्ट्र बैंकले आज ४२ दिनका लागि ३० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं मंसिर । नेपाल राष्ट्र बैंकले आज (बुधबार) ३० अर्ब रुपैयाँ झिक्ने भएको छ । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज ४२ दिनका लागि बजारबाट उल्लिखित रकम झिक्न लागेको हो ।पछिल्लो तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार […]

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं कात्तिक । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मृल्य वृद्धि गरेको हो। भारतबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको जानकारी दिएको छ।ग्यासको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य […]

बुटवलमा माघमा कृषि मेला हुने

बुटवल कात्तिक । बुटवलमा आगामी माघमा नमुना कृषि मेला आयोजना हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा माघ १४ देखि १८ गतेसम्म बुटवल मण्डपमा कृषि मेला हुने भएको हो ।सोमबार बसेको संघको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।बुटवल उद्योग वाणिज्य संघले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका […]

किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ

कैलाली कात्तिक । कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरे । उनले भने,“हिजोआज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको […]

मुस्ताङ भन्सारको राजस्व २ अर्ब ८६ करोड

मुस्ताङ कात्तिक  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले कात्तिक महिनामा ३ अर्बभन्दा बढी राजस्व सङ्कलन गर्ने भएको छ । लिजी–नेचुङ नाका (कोरला) मा तिब्वतको ढोङ्वासेन हुँदैआएका विद्युतीय (इभी) गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला, कस्मेटिक सामग्री धमाधम आउन थालेपछि कात्तिकको दोस्रो सातामै राजस्व तीन अर्ब माथि हुने देखिएको हो । जनशक्तिसहित […]

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीयवासी निराश

पर्वत असोज । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निराश बनेका छन्।विसं २०२२ मा निर्माण गरिएको उक्त विमानस्थल विसं २०४८ सम्म सञ्चालन भए पनि त्यसपछि पूर्ण रूपमा बन्द छ। विमानस्थलमा भौतिक संरचना सम्पन्न भएपछि नियमित उडानको आशामा रहेका यहाँका नागरिकले नियमित उडान र सञ्चालनका […]