अर्थ

विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घट्यो

काठमाडौं भदौ आर्थिक वर्ष २०८२/८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको जानकारी दिनुभयो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८.६० प्रतिशतले कम हो । आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा १२ अर्ब […]

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व संकलन

काठमाडौं, साउन  । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व संकलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व संकलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ […]

किसानलाई सधैँ मलकै पिरलो

काठमाडौं साउन ।सर्लाहीको लालबन्दी–१७ रानीगन्जस्थित वडा कार्यालयमा युरिया मलको न्यायोचित वितरण नभएको भन्दै किसानहरूले लगाएको ताल्चा बुधबारसम्म पनि खुल्न सकेको छैन । यो सर्लाहीको प्रतिनिधि घटना मात्र होइन । मुख्य खेतीपातीको समयमा (धान रोप्ने र गोडमेल गर्ने सिजन) देशैभर रासायनिक मलको चर्को अभाव हुँदा किसानहरू ठूलो मारमा परेका छन् ।तराईका सुगन्धित फाँटदेखि पहाडका गराहरूसम्म यतिबेला […]

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं साउन। गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा ७ दशमलव २१ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा ११ […]

वाणिज्य विभागको एक बर्से प्रगति : साढे २ करोड जरिबाना असुल

काठमाडौं साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ मा बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको छ । विभागले शुक्रबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम गरेको बजार अनुगमन […]

म्यानपावर व्यवसायीको आक्रोश- सरकारले योजनाबद्ध आक्रमण गर्‍यो

काठमाडौं साउन। वैदेशिक रोजगार विभागले ५ सय ९८ म्यानपावर व्यवसायीलाई कारबाही गरेपछि उनीहरू आक्रोशित बनेका छन् । अबको १५ दिनभित्र यसअघिका माग अनुसार श्रमिक पठाइसक्ने र त्यसपछि श्रमिक पठाउन बन्द गर्नेदेखि लिएर अन्य दबाबमूलक कार्यक्रम गर्ने चेतावनी उनीहरू दिएका छन् ।भारतीय विमानस्थल हुँदै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको भन्दै विभागले ५ सय ९८ म्यानपावर कम्पनीलाई कारबाही […]

पुँजीगत खर्च ४६.७९ प्रतिशत मात्रै

काठमाडौं साउन।  आर्थिक वर्ष २०८२/८३ मा सरकारले पुँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च गर्न सकेन । सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएकामा ३१ असारसम्म १ खर्ब ९० अर्ब रुपैयाँ मात्र खर्च भएको छ । यो वार्षिक लक्ष्यको ४६.७९ प्रतिशत मात्र हो । आव २०८२/८३ को पुँजीगत खर्च ६ […]

होटेलमा साढे ६ खर्ब बढी लगानी: ४० लाख पर्यटकलाई सेवा दिने क्षमता

काठमाडौं साउन। नेपालमा पर्यटकीय सम्भावना देखेर स्वदेशी तथा विदेशी लगानीकर्ताले होटेलमा धमाधम अर्बौं रुपैयाँ लगानी गरेका छन्। पछिल्लोपटक अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड म्यारिअटले नेपालमा दुई ‘अल्ट्रा लक्जरी होटेल’ सञ्चालन गर्ने गरी सिजी हस्पिटालिटी ग्लोबलसँग सम्झौता गरेको छ। ३० देशमा एक सयभन्दा आठ बढी होटेल तथा रिसोर्ट सञ्चालन गर्दै आएको रिट्ज–कार्लटन ब्रान्ड नेपालमा अवसर देखेर यहाँ आएको […]

सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू

काठमाडौं साउन। सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरेको नयाँ ब्याजदर आजदेखि लागू भएको छ। कोष सञ्चालक समितिको असार २३ गते बसेको बैठकले गरेको निर्णयअनुसार आजदेखि लागू हुने गरी योगदान रकममा प्रदान गरिने ब्याज तथा विभिन्न प्रकारका सापटीमा लाग्ने ब्याजदर निर्धारण गरिएको हो।नयाँ व्यवस्थाअनुसार वृद्धावस्था सुरक्षा योजना तथा संस्थागत एवं व्यक्तिगत अवकाश […]

बक्यौता २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, अब नयाँ छपाइ २४ घण्टाभित्र

काठमाडौं साउन। लामो समयदेखि छपाइ हुन बाँकी सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ कार्य सम्पन्न भएको छ । अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्र छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र […]