अर्थ

सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू

काठमाडौं साउन। सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरेको नयाँ ब्याजदर आजदेखि लागू भएको छ। कोष सञ्चालक समितिको असार २३ गते बसेको बैठकले गरेको निर्णयअनुसार आजदेखि लागू हुने गरी योगदान रकममा प्रदान गरिने ब्याज तथा विभिन्न प्रकारका सापटीमा लाग्ने ब्याजदर निर्धारण गरिएको हो।नयाँ व्यवस्थाअनुसार वृद्धावस्था सुरक्षा योजना तथा संस्थागत एवं व्यक्तिगत अवकाश […]

बक्यौता २७ लाख स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, अब नयाँ छपाइ २४ घण्टाभित्र

काठमाडौं साउन। लामो समयदेखि छपाइ हुन बाँकी सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ कार्य सम्पन्न भएको छ । अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्र छपाइ गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।मन्त्रालयद्वारा बिहीबार जारी प्रेस विज्ञप्ति अनुसार मन्त्रालय, सुरक्षण मुद्रण केन्द्र र […]

१० निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं असार । सरकारले १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।कालोसूचीमा पर्नेहरूमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको निर्माण कम्पनी ‘महादेव खिम्ती निर्माण सेवा […]

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट-बुटवल यात्रा

नवलपरासी असार । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि […]

चालु आर्थिक वर्षको ७८ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं असार। चालु आर्थिक वर्ष २०८२–०८३ मा सरकारको कुल खर्च ७८ प्रतिशत मात्र गरेको छ । बजेट खर्च गर्न पाउने अघिल्लो दिन अर्थात असार २४ गते बुधवारसम्म सरकारले बजेटको लक्षको ७८ प्रतिशत मात्र खर्च गर्न सेकेको हो ।चालु आ।व।का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए । जसमा […]

नेपाली श्रमिकलाई विदेश जान लागेको खर्च उठाउनै साढे तीन महिना लाग्ने

काठमाडौं असार। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले भर्ती प्रक्रिया पूरा गर्न ठूलो आर्थिक भार बेहोर्नुपरेको तथ्य एक सर्वेक्षणले उजागर गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा गरेको ‘श्रम आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३’ अनुसार विदेश जान नेपाली श्रमिकले औसत १ लाख ७६ हजार रुपैयाँ भर्ना लागतबापत खर्त गर्ने गरेका छन् […]

२४ घण्टामा ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली

काठमाडौं असार । बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई […]

राहदानी सेवा दुई दिन बन्द रहने

काठमाडौं असार। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार २५ र २६ गते (तदनुसार जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सेवा बन्द रहनेछ। यसअघि विभागले असार १९ गते […]

उद्योगी-व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं असार। प्रधानमन्त्री वालेन्द्र शाह र देशका प्रमुख उद्योगी तथा व्यवसायीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष संवाद सुरु भएको छ। देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउने उद्देश्यका साथ प्रधानमन्त्री शाहले आज यो विशेष छलफल सुरु गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त उच्चस्तरीय संवाद साढे ११ बजेदेखि सुरु भएको हो। बैठकमा देशको वर्तमान […]

राष्ट्र बैंकद्वारा २० अर्बको ऋणपत्र जारी

काठमाडौं असार। नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु २० अर्बको ऋणपत्रको बोलकबोलका लागि आह्वान गरेको छ। राष्ट्र बैंकले बुधबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘च’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ। ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था ९काउन्टरपार्टी० मात्र सहभागी हुन पाउने जनाएको छ। […]