मनोरञ्जन

बिहेपछि झनै विन्दास भएकी छुः आँचल शर्मा

   काठमाडौं, साउन १६ (ई-रैवार)  नायिका आँचल शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् । आँचललाई उनका शुभचिन्तक तथा आफन्तले बिहेपछि झनै सुन्दर देखिएको भनेर प्रतिक्रिया दिने गरेका छन् । आँचल भन्छिन्–‘मलाई […]

भुवन केसीले हाले साम्राज्ञीविरुद्ध मुद्दा, १० करोड क्षतिपूर्तिको माग

  काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन् । नायिका शाहले दुर्व्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । मुलुकी अपराध संहिता, २०६४ को […]

अमिताभ र अभिषेक बच्चनको कारोना ‘रिपोर्ट नेगेटिभ’

  नयाँदिल्ली, साउन ८ (ई-रैवार)  कारोना संक्रमित बलिउड अभिनेता अमिताभ बच्चन स्वाब परीक्षणको नजिता ‘नेगेटिभ’ आएको छ । यद्यपि, अझै दुई वटा परीक्षण भने बाँकी नै छन् । विगत १२ दिनदेखि अमिताभ र उनका छोरा अभिषेक मुम्बईको नानावती अस्पतालमा भर्ना छन् । संक्रमण देखिएपछि हो क्वारेन्टाइनमा बसेकी उनी पुत्रबधु ऐश्वर्या राय र नातिनी आराध्या पनि […]

बलीउड अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो

  नयाँदिल्ली, श्रावण ३  (ई-रैवार) कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् । ऐश्वर्याका […]

विवादित करिश्मा

नायिका करिश्मा मानन्धरलाई आफू भावुक भएकै कारण विवादमा आउने गरेको भन्ने लाग्छ। सामाजिक सञ्जालमा उनले लेखेको एउटा स्टाटसले पनि यही कुरा बताएको छ। करिश्माले लेखेकी छिन्–‘भावकु छु, त्यसैले विवादित छु। आत्मीय गुण छ त्यसैले फरक छु।’ करिश्माले सामाजिक सञ्जालमा लेख्ने गरेका कतिपय स्टाटसहरूको आलोचना पनि हुने गरेको छ । उनी आफू भावुक भएका कारण मनमा […]

भारतियलाई मनिषाको जवाफ: श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुदैन

धनगढी जेठ ७(ई-रैवार) नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेपछि बलिउड अभिनेत्री मनिषा कोईरालाले समर्थन जनाएकी थिईन् । सोही प्रशंगलाई लिएर भारतिय सञ्चारमाध्यम उनिविरूद्ध आक्रमणमा उत्रिएका छन् । भारतमा काम गरेर नेपालको समर्थन उत्रिएको भन्दै सञ्चारमाध्यम नै तुच्छ शब्दमा उत्रिएका छन् भने सामाजिक सञ्जालमा गालीगलौच चलिरहेको छ । यि सबै प्रशंगलाई खण्डन गर्दै अभिनेत्री […]

नेपालले नक्शा पारित गर्दा बलिउड अभिनेत्री मनिषा कोईराला खुशी

धनगढी जेठ ७(ई-रैवार) नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्शामा राखेको विषयलाई बलिउड अभिनेत्री मनिषा कोईरालाले खुशी व्यक्त गरेकी छन । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीको ट्विटलाई रिट्विट गर्दै उनले खुशी व्यक्त गरेकी छन । उनले भनेकी छन,’हाम्रो सानो देशको गौरव राखेकामा धन्यवाद् । हामी तिन महानदेशबिचमा शान्तिपूर्ण र सम्मानजनक सम्बादको अपेक्षा गरिरहेका छौ […]

बलिउड अभिनेता ऋषी कपूरको निधन

मुम्बई– बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको उपचारका क्रममा ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ । अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए । त्यतिबेला उनले ‘११ महिना ११ दिनपछि […]

बलिउड अभिनेता ईरफान खानको निधन

एजेन्सी मुम्बई वैशाख १७: बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन्। जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट […]

यसरी लेखियो ‘शोले’मा गब्बर सिंहको डायलग

जावेद अख्तर भारतका चर्चित कवि, गीतकार तथा फिल्म लेखक हुन्। उनले सलीम खानसँग मिलेर लेखेका शोले, जञ्जीर, दीवार, त्रिशूल लगायतलाई हिन्दी फिल्मकै उत्कृष्टमा गणना गरिन्छ। भारतमा फिल्मको पोस्टरमै लेखकको नाम राख्ने चलन ‘सलीम–जावेद’ बाट सुरू भएको थियो। उनीहरूपछि धेरै समय यो चलनले निरन्तरता पाएन। यिनै जावेद अख्तरसँग लामो अन्तर्वार्ता गरी भारतीय फिल्म उद्योगका बायोग्राफर तथा […]