नेपालले नक्शा पारित गर्दा बलिउड अभिनेत्री मनिषा कोईराला खुशी

नेपालले नक्शा पारित गर्दा बलिउड अभिनेत्री मनिषा कोईराला खुशी
Spread the love

धनगढी जेठ ७(ई-रैवार)

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्शामा राखेको विषयलाई बलिउड अभिनेत्री मनिषा कोईरालाले खुशी व्यक्त गरेकी छन ।

नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीको ट्विटलाई रिट्विट गर्दै उनले खुशी व्यक्त गरेकी छन । उनले भनेकी छन,’हाम्रो सानो देशको गौरव राखेकामा धन्यवाद् । हामी तिन महानदेशबिचमा शान्तिपूर्ण र सम्मानजनक सम्बादको अपेक्षा गरिरहेका छौ ।’