काठमाडौं, चैत्र ५ (ई-रैवार) संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीले रचेका शब्दमा बिसीले संगीत भरेका छन् । गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ । उच्च क्वालिटीमा तयार पारिएको गीतको म्युजिक भिडियोको निर्देशन र सम्पादन भने […]
मनोरञ्जन
पत्रकार योगीको ‘ऐना हेरी हेरी’
काठमाडौं,फागुन २६ (ई-रैवार) गायक तथा संगीतकार भीम बिसीको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको ‘ऐना हेरी हेरी’ गीतको भिडियो छायाँकन सकिएको छ। गीतका शब्द लेखक तथा पत्रकार शिवराज योगीका हुन्। भीम बिसीकै संगीत रहेको गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र भीम बीसीले दिएका छन्। प्रविन भट्टले निर्देशन गरेको भिडियो निर्माणको अन्तिम चरणमा रहेको गायक […]
अनमोल र सुहानाको ‘ए मेरो हजुर–४’ १८ भदौमा
काठमाडौँ, फागुन २५ (ई-रैवार) फिल्म ‘ए मेरो हजुर–४’ नयाँ वर्षको १८ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक झरना थापाले १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएकी हुन् । अनमोल केसी, सलोन बस्नेत तथा सुहाना थापाको मुख्य भूमिका रहेको फिल्मको फष्टलुकमा अनमोल […]
गायिका अन्जु र थीर बाँधिए विवाह बन्धनमा
काठमाण्डौँ, फागुन १२ (ई-रैवार) गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । थीर कोइरालासँग उनले आज विवाह गरेकी हुन् । पाटनको एक चर्चमा उनीहरुले विवाह गरेका हुन् । अञ्जु र थीर दुवै क्रिस्चियन हुन् । केही समय अगाडि थीरले आफूहरु विवाह गर्ने तयारीमा रहेको तर मिति तय नभइसकेको बताएका थिए । आफूहरु एक वर्षदेखि प्रेम […]
मोडलिङका दिनमा यस्ती देखिन्थिन् दीपिका
एजेन्सी, पुस २१ (ई-रैवार) बलिउड नायिका दीपिका पादुकोणले इन्डष्ट्रिमा निकै लामो यात्रा निश्चित गरिसकेकी छिन् । बलिउडमा उनले आफ्नो एक विशेष स्थान बनाएकी छिन् । नायिकाले शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’मार्फत् बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्म सन् २००८ मा रिलिज भएको थियो । त्यसपछि दीपिकाले ‘लभ आज कल’, ‘ककटेल’, ‘ये जवानी हे दिवानी’, […]
‘बेकार हिरोइन’ भन्नेलाई तापसीको जवाफ
मुम्बई, मंसिर १० (ई–रैवार) अभिनेत्री तापसी पन्नु आफूलाई ट्रोलमा तान्ने खोज्नेहरुलाई कडा जवाफ दिन पछि पर्दैनिन् । यस्तैमा हालै एक व्यक्तिले उनलाई सामाजिक सञ्जालमा ट्रोल गर्न खोजेपछि तापसीले ती व्यक्तिलाई कडा जवाफ फर्काएकी छिन् । तापसीलाई ‘बेकार हिरोइन’ को संज्ञा दिँदै ती व्यक्तिले उनलाई इन्स्टाग्रामको म्यासेज बक्समा लेखेका छन्, “ बेकारकी हिरोइन, तिमीलाई अभिनय आउने त […]
मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें
रीना मोक्तान काठमाडौँ, मंसिर ८ (ई–रैवार) ‘ओह्हो ! गजुरेल सर पनि आउनु भो, के हो दुनियाँलाई हसाउने मान्छे आफू रुँदै आए त,’ कात्तिक १० मा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पुग्दा कोरोनाका बिरामीले यसो भन्दै मनोज गजुरेलको स्वागत गरे । श्वास फेर्न नसकेर छटपटिँदै अस्पताल पुगेका उनले नमीठो मुस्काउनसहित भनिदिए,’हजुर हो’। कोरोनाबाट भर्खरै तंग्रिएका उनीहरु एकपछि […]
बलिउड अभिनेत्री मन्दानाले निर्मातामाथि लगाइन यौनदुर्व्यहारको आरोप
मुम्बई, मंसिर ८ (ई–रैवार) बलिउडमा फेरि अर्को यौनदुर्व्यहारको घटना चर्चामा आएको छ। अभिनेत्री मन्दना करिमीले निर्मातामाथि यौनदुव्र्यवहारको आरोप लगाएकी छिन्। अहिले अभिनेत्री मन्दाना फिल्म कोका कोलाको सुटिङमा छिन्। त्यहिँ फिल्मका निर्माता महेन्द्र धारीवालले यौनदुर्व्यहार गरेको उनले आरोप लगाएकी छन् । उनका अनुसार फिल्म सुटिङको अन्तिम दिन निर्माता महेन्द्रले यौनदुर्व्यहार गरेका हुन्। फिल्मको सेटमै उनले यौन […]
दशैं सकेर अमेरिका उडिन् वर्षा
काठमाडौं, कार्तिक १३ (ई-रैवार) कोरोना भाइरसका कारण विगत ८ महिनादेखि कलाकारहरुले विदेश यात्रा गर्न पाएका छैनन् । विदेशमा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरु पनि स्थगित भए । यसले कलाकारहरुको आम्दानीमा समेत ठूलो प्रभाव पारेको छ । तर, दशैंको टिका थापेर नायिका वर्षा सिवाकोटी भने अमेरिका उडेकी छिन् । उनी, विजयादशमीको भोलीपल्टै अमेरिका उडेकी हुन् । […]
हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ, कार्तिक ११ (ई-रैवार) हास्यकलाकार मनोज गजुरेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जालमार्फत् गजुरेलले दिएका छन् । ‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको […]


