काठमाण्डौँ, फागुन १२ (ई-रैवार)
गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । थीर कोइरालासँग उनले आज विवाह गरेकी हुन् । पाटनको एक चर्चमा उनीहरुले विवाह गरेका हुन् । अञ्जु र थीर दुवै क्रिस्चियन हुन् ।
केही समय अगाडि थीरले आफूहरु विवाह गर्ने तयारीमा रहेको तर मिति तय नभइसकेको बताएका थिए । आफूहरु एक वर्षदेखि प्रेम सम्बन्धमा हरेको थीरले बताएका थिए ।
अन्तर्वार्ताका क्रममा केही वर्ष अगाडि उनीहरुबीच चिनजान भएको थियो । थीर अञ्जु पन्त फाउन्डेसनमा सचिवको रुपमा काम गर्दै आएका थिए । इलाम घर भएका थीर दुई दशक यता काठमाडौंमा बस्दै आएका छन् ।


