दयाहाङका दुई फिल्मको बक्स अफिसमा टक्कर ?

दयाहाङका दुई फिल्मको बक्स अफिसमा टक्कर ?
Spread the love

काठमाडौं मंसिर। अभिनेता दयाहाङ राईका दुई फिल्म ‘पेन्सन पट्टा’ र ‘कबड्डी ५’ यतिबेला बक्स अफिसमा प्रदर्शनरत छन् । बक्स अफिसमा राम्रो व्यवसाय गर्दै यी दुवै फिल्मले आम्दानीको हिसाबले एक अर्कालाई टक्कर दिँदै अगाडि बढिरहेका छन् ।

चलचित्र विकास बोर्डले आइतबार ९६ असोज० राति ११ः ५९ बजेसम्मको व्यवसायलाई समेटेर सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा दयाहाङका यी दुवै फिल्मको कमाइ राम्रो देखिएको हो ।सार्वजनिक विवरणअनुसार यी दुईमध्ये ‘कबड्डी ५’ ले १३ करोड २६ हजार ९६७ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । हालसम्म यो फिल्म ४ लाख २४ हजार ८९२ जना दर्शकले हेरेका छन् ।त्यस्तै, ‘पेन्सन पट्टा’ ले पनि बक्स अफिसमा बलियो व्यापार गर्दै १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । उक्त अवधिमा यस फिल्मका ३ लाख ६४ हजार ८०८ वटा टिकट बिक्री भएका छन् ।