काठमाडौं : कक्षा १२ को प्रमाणपत्र अब देखी विद्यालयबाटै लिन सक्ने व्यवस्था भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने व्यवस्था हो । यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो। कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले […]
शिक्षा
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं, मंसिर १७ (ई-रैवार) राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताए। ‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ। सिष्टममा अपलोड हुँदैछ, केही समयमा हेर्न मिल्छ,’ उनले भने। […]
त्रिभुवन विश्वविद्यालय उच्च शिक्षाको पर्याय हो : प्रधानमन्त्री देउवा
काठमाडौं, मङ्सिर १४ (ई-रैवार) प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताएका छन्। विश्वविद्यालयको आर्थिक वर्ष २०७८र७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न मंगलबार बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उनले विश्वविद्यालयले नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास कायम राखेको उल्लेख गरे । ‘नेपालको […]
प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा
डोटी, मंसिर २ (ई-रैवार) उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली यहाँ आइपुगेको छ। सुदूरपश्चिममा विश्वविद्यालयको सङ्ख्या पर्याप्त मात्रामा भएता पनि पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय पर्याप्त मात्रामा नभएकाले आवश्यक जनशक्ति उत्पादन गर्नका लागि थप प्राविधिक विश्वविद्यालयको आवश्यकता रहेकाले सम्भाव्यता अध्ययन गर्न प्रदेश विश्वविद्यालय तथा […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ हुने
सुर्खेत, कार्तिक २७ (ई-रैवार) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले […]
नर्सिङ पढाउन सय बेड हुनैपर्ने
काठमाडौं, कात्तिक २४ (ई-रैवार) मापदण्डअनुसार कम्तीमा सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बैठकले चिकित्सा शिक्षा ऐनको मापदण्ड पूरा नगरेका शिक्षण संस्थालाई भने नर्सिङ पठनपाठनको अनुमति नदिने निर्णय गरेको हो । यसअघि मापदण्डविपरीतका शैक्षिक संस्थालाई समेत अनुमति दिने […]
शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन
काठमाडौँ, कात्तिक २३ (ई-रैवार) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउन उपयुक्त ठाउँ खोज्न डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौँ वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ । यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक […]
प्राविधिक धारतर्फ नयाँ पाठ्यक्रम स्वीकृत, चालु शैक्षिक सत्रदेखि नै पठनपाठन हुने
काठमाडौं, कात्तिक १४ (ई-रैवार) चालु शैक्षिक सत्रदेखि नै प्राविधिक धारतर्फ नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन हुने भएको छ । प्राविधिक विकास तथा मूल्यांकन परिषद्ले कक्षा ९–१२ मा प्राविधिक धारतर्फ नयाँ पाठ्यक्रम स्वीकृत गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको परिषद्को बैठकले कक्षा ९–१२ को प्राविधिक धारतर्फको पाठ्यक्रम स्वीकृत गरेको पाठ्यक्रम विकास केन्द्रको सूचना अधिकारी गणेश भट्टराईले जानकारी […]
डोटीमा तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द
डोटी, कात्तिक १४ (ई-रैवार) डोटीको आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय […]
शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्दै सरकार
काठमाडौं, कात्तिक ९ (ई-रैवार) सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमति पत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ। नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक […]


