काठमाडौँ, कात्तिक ५ (ई-रैवार) कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०को पछिल्लो तथ्याङ्कानुसार विश्वव्यापीरूपमा सातमध्ये कम्तीमा एक बालबालिका बन्दाबन्दीबाट प्रत्यक्षरूपमा प्रभावित भएका छन् भने एक अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन् […]
शिक्षा
विद्यालय गुणस्तरीय पढाईको साथी, ‘शिक्षक डायरी’
चाँदनी आचार्य / लम्की(कैलाली) असोज २१(ई-रैवार) चुरे गाउँपालिकाबाट कक्षा ८ पास गरेर कालिका माध्यमिक विद्यालय राजीपुरमा कक्षा ९ मा पढ्न पुगेकी गीता जैशी अहिले १२ कक्षामा अध्ययनरत् हुनुहुन्छ । गीताले यसअघि पढेको विद्यालय पनि सामुदायिक नै हो । तर यहाँको पढाइ, वातावरण र शिक्षकको पढाउने शैली उहाँलाई असाध्यै मन प¥यो । ‘हाम्रो विद्यालयमा बोर्डिङकोभन्दा राम्रो […]
विद्यार्थीलाई पुस्तक र टिफिन भाँडा वितरण
अमरगढी, असोज २० (ई-रैवार) अमरगढी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई पुस्तक तथा टिफिन बोक्ने भाँडा वितरण गरिएको छ । अमरगढी नगरपालिका ७ पोखरामा रहेको उग्रतारा माध्यामिक विद्यालयका कक्षा १ का ३७ जना, कक्षा २ का २० जना, कक्षा ३ का १९ जना र कक्षा ४ का ३० जना विद्यार्थीलाई पुस्तकसहित दिवाखाजाका भाँडा वितरण […]
बैतडीका सबै विद्यालय बुधबारदेखि सञ्चालनमा
बैतडी, भदौ ३१ (ई-रैवार) भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय बुधबारदेखि सञ्चालनमा आएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिकरुपमै पठनपाठन […]
आजदेखि कक्षा १२ को परीक्षा शुरू
काठमाडौं, भदौ ३० (ई-रैवार) आजबाट कक्षा १२ को परीक्षा शुरू भएको छ । यसअघि दुईपटक राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् । परीक्षामा सहभागी सबै […]
विद्यालय खुले, विद्यार्थीले पढ्नै भुले
बैतडी, भदौ २८ (ई-रैवार) कोरोना संक्रमण जोखिमका कारण लामो समय बन्द विद्यालय सञ्चालनमा आएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सुर्नया, डिलासैनी गाउँपालिका र दशरथचन्द, मेलौली, पाटन नगरपालिकाले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् । पुर्चौडी नगरपालिका, सिगास र दोगडाकेदार गाउँपालिकाले भने सञ्चालनको तयारी थालेका छन् । लामो समयसम्म बन्द रहेका विद्यालय सञ्चालनमा आएसँगै विद्यार्थीहरू हौसिएर विद्यालय पुग्ने गरेका छन् । शतप्रतिशत […]
कोरोना संक्रमण घटेसँगै खुल्न थाले बैतडीका विद्यालय
बैतडी, साउन ३१ (ई-रैवार) भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल […]
एसईईमा मनपरी नम्बर
काठमाडौँ, साउन २४ (ई-रैवार) राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरुले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएका पाइएको छ । यसपटक एसईईमा ४ लाख ८४ हजार २ सय ७८ जना सहभागी भएकामा ४ जीपीए ल्याउनेको संख्या ८ हजार ४४४ छ । गत वर्ष […]
कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं, साउन २३ (ई-रैवार) राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यही साउन ३१ गतेदेखि परीक्षा हुने तालिका थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । बैठकले आगामी साउन […]
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं, साउन २३ (ई-रैवार) माध्यमिक शिक्षा परीक्षा (एसईईई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, […]


