काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका छन्। त्रिविले सञ्चालन गरेको परीक्षाका बारेमा गुनासा आएपछि त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्ड पालनागरी गरे नगरेको अनुगमन गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न […]
शिक्षा
एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन अब प्रदेश सरकारले गर्ने
काठमाडौँ : एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको छ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएको थियो । यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्नेगरी राष्ट्रिय परीक्षा बोर्डले तयारी अघि बढाएको हो। परीक्षा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले […]
विद्यालय शिक्षा सुधार्न सरकारले ल्यायो साढे नौ खर्बको योजना
काठमाडौँ : विद्यालय शिक्षा सुधारका लागि सरकारले १० वर्षे योजना ल्याएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको हो । विद्यालय शिक्षा सुधार योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ । बाँकी पाँच वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयका […]
शिक्षा मन्त्रालयद्वारा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ जारी गरेको छ । यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले उक्त कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ । प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा […]
पदाधिकारीका कारणले त्रिविको शैक्षिक गुणस्तर खस्क्यो : पूर्वउपकुलपतिहरू
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको आरोप लगाएका छन् । त्रिभुवन विश्वविद्यालय एलुम्नाई एसोसिएसनको बुधबार कीर्तिपुरमा भएको तेस्रो वार्षिक साधारणसभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको आरोप लगाए । उनीहरुले अहिले पनि […]
एसईई ‘खारेज’ हुने हल्लाले विद्यार्थी र अभिभावकमा अन्योल
काठमाडौं : एसईई परीक्षा खारेज हुने हल्लाले विद्यार्थी र अभिभावक अन्यौलमा परेका छन् । ‘अब एसईई हुन्छ कि हुँदैन’ भनेर विद्यार्थीहरुले सोध्न थालेको शिक्षकहरु बताउँछन् । गत पुस ८ गते संसदीय समितिको बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) ‘खारेज’ गर्न निर्देशन दिएको समाचारले विद्यार्थी तथा अभिभावकमा दुविधा पैदा गरेको उनीहरुको भनाइ छ । तर राष्ट्रिय परीक्षा […]
बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र
बैतडी: बैतडीका विभिन्न विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना भएका छन्। यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी नहुँदा विभिन्न समस्या हुने भएकाले सरकारले नै विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापना गर्ने नीति ल्याएको छ। सोहीअनुसार जिल्लाका विभिन्न २१ विद्यालयमा केन्द्र स्थापना भइसकेका र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाभित्रका १० विद्यालयमा पनि केन्द्र स्थापनाको तयारी भएको छ। दशरथचन्द नगरपालिकाका […]
संघीय शिक्षा ऐन ल्याउने मन्त्रालयको तयारी
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन जारी गर्ने प्रक्रिया थालेको छ । विद्यालय, प्राविधिक र उच्च शिक्षाको छुट्टाछुट्टै तीनवटा ऐन ल्याउने मन्त्रालयको तयारी छ । तीमध्ये विद्यालय र प्राविधिक शिक्षा ऐनको मस्यौदा लेखनको काम अन्तिम चरणमा पुगेको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए । उनका अनुसार पहिलो चरणमा विद्यालय शिक्षालक्षित संघीय शिक्षा ऐन र प्राविधिक तथा […]
पहिराेले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित
बैतडी : पञ्चेश्वर गाउँपालिका वडा नं १ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनः निर्माण नहुँदा खुल्ला आकाशमुनि पठनपाठन भइरहेको छ । गत असोज पहिलो साताको अविरल वर्षासँगैको पहिराेले विद्यालय भवन भत्किएको हो । विद्यालय भवन भत्किएपछि गएको तीन महिनादेखि खुल्ला आकाशमुनि पठनपाठन गर्न विद्यार्थी बाध्य भएका प्रधानाध्यापक निर्मला चन्दले बताउनुभयो । विद्यालयको सातकोठे भवन पहिराेले भत्काएपछि […]
झन्डै २६ सय शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन
काठमाडौं : शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले बुधबार एक सूचना जारी गर्दै शिक्षकको आवेदन आह्वान गरेको हो । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो। खुला र […]


