काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरी त्रिविका परीक्षा सञ्चालन भएका छन् कि छैनन् भन्ने अनुगमन गर्न निर्देशन दिएका छन्।
त्रिविले सञ्चालन गरेको परीक्षाका बारेमा गुनासा आएपछि त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्ड पालनागरी गरे नगरेको अनुगमन गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाले बिहीबार त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन समेत निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले परीक्षा हलमा सामाजिक दूरी कामय नगरेको र स्यानेटाइजर एथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परीक्षा स्थगितसमेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिएका छन् ।
मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए–नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।


