त्रिविको सबै परीक्षा स्थगित

Spread the love

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको हो।

परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि अर्को सूचना नआएसम्म परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको जनाएको हो।

भोलि र पर्सी हुने भनिएको प्रवेश परीक्षा भने यथावत नै रहने त्रिविले जनाएको छ। त्रिविले शुक्रबार बीएस्सी र शनिबार बीबीए र बीसीए कार्यक्रमको प्रवेश परीक्षा हुनेछ।

तीन वर्षे एलएलबीको तेस्रो वर्षको माघ १० गतेदेखि र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो।