शिक्षा

सुदूरपश्चिमका विद्यालयमा गुनासो पेटिका राखिँदै

धनगढी, फागुन १७ (ई-रैवार)  विद्यालयका बालबालिकालाई दण्डसजाय पाउँछौँरपाउँदैनौँ भनेर प्रश्न गर्दा कतिपय बालबालिको उत्तर आउँछ, पाउँछौँ । विद्यालय र कक्षाकोठामा शिक्षक शिक्षिकाले भनेको नमान्दा, नपढ्दा र गृहकार्य नगर्दा दण्ड सजाय पाइने गरेको गुनासो कतिपय बालबालिकाको हुन्छ । साथीभाइ र अभिभावकवाट पनि विभिन्न खालको सजाय झेल्नुपरेको गुनासो उनीहरुको हुन्छ । कतिपय बालबालिकाले विद्यालय, घर वा अन्य […]

बझाङमा विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक विद्यालय बन्द

बझाङ, फागुन १३ (ई-रैवार) विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ । करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी […]

उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम सुरु

डोटी, फागुन २ (ई-रैवार)  डोटीमा उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम आजबाट सुरु गरेको छ । सञ्चार बिकास नेपाल डोटीद्वारा संचालित सामुदायीक रेडियो बडीकेदारले १०६.२ मेगाहजले पाचँ दिने उद्घोषण कला तथा आधारभुत पत्रकारीता तालिम आजबाट सुरु गरेको हो । स्थानीय स्तरमा रहेका पत्रकारीता क्षेत्रमा रुची भएकाहरुलाई सहजताहोस भन्ने हेतुले तालिमको आयोजना गरेको रेडियो डोटीका स्टेशनम्यानेजर समेत रहेका […]

सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

काठमाडौँ, पुस २२ (ई-रैवार) पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को […]

मेडिकल शिक्षामा फड्को मार्दै सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम, पुस २० (ई-रैवार)  निकट भविष्यमा आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने सम्भावना बढ्दा सदूरपश्चिम प्रदेशवासी खुशी देखिएका छन् । प्रदेशको राजधानी जिल्ला कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजका संरचना निर्माणको काम अन्तिमचरणमा पुगेसँगै निकट भविष्यमा मेडिकल शिक्षाको अध्ययन गर्न पाइने आशा स्थानीयवासीमा जागेको हो । स्थानीय शिक्षक गोविन्द ओझाले मेडिकल कलेज सञ्चालन हुने […]

विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द

बैतडी,पुस १८ (ई-रैवार) विद्यार्थीे अभावमा बैतडीमा विशेष शिक्षा बन्द भएको छ । जिल्लाको सुर्नया गाउँपालिका र सिगास गाउँपालिकाका दुई विद्यालयमा सञ्चालनमा रहेको विशेष शिक्षा बन्द भएको हो । सुर्नयामा रहेको शङ्कर संस्कृत मावि मुलखटाली र सिगासमा रहेको आधारभूत विद्यालय दोरामा विशेष शिक्षा बन्द भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुस्कर शर्माले जानकारी दिए […]

जेठमा एसईई गर्ने तयारी, खुल्यो रजिस्ट्रेसन फाराम

काठमाडौँ, पुस १५ (ई-रैवार) यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठमा परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बताउँछन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र […]

नयाँ पाठ्यक्रमले कक्षा ११ मा अन्योल

काठमाडौँ, पुस १४ (ई-रैवार) चालु शैक्षिक सत्रदेखि कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ लम्बिँदै जाँदा शैक्षिक सत्र नै खेर जाने जोखिम बढेको छ । असोज २८ मा नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले विषयवस्तुको गाम्भीर्य भन्दै अग्राधिकार प्रदान गरे पनि करिब दुई महिनादेखि […]

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशी

डोटी, ९ पुस (ई-रैवार) डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा […]

एसईईबारे शिक्षा मन्त्रालय अन्योलमा

काठमाडौं, पुस ८ (ई-रैवार)  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय लिन नसक्दा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्योलमा परेको छ । मन्त्रालयले बेलैमा निर्णय लिन नसक्दा गतवर्ष जस्तै एसईई नहुने सम्भावना बढेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गतवर्ष आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको थियो । गतवर्षको तालिकालाई आधार मान्ने हो […]