विचार / साहित्य

‘चुँ’सम्म गर्दैनन्, मिलेमतोमा खाने–खुवाउनहेहरू !

कन्टिर–बाबू नेपालको विकास निर्माण प्रक्रिया देखेर जिल्ल पर्छन् । कन्टिर–बाबूका अनुसार एक त यहाँको विकासका सम्बन्धमा कुनै ठोस, स्पष्ट दृष्टि अनुभूत हुन सकेको छैन । अर्कोतिर कछुवा तालमा हुने गरेका विकास–निर्माण पनि दीगो छैनन् । विकासका लागि राजनीति हुनु त ठीकै हो । तर यहाँका नेता आफ्नो राजनीतिका लागि विकास खोज्छन् । अधिकतरको ध्याउन्न एनी–हाउ […]

प्रदेश र स्थानीय तहलाई मानमर्दन गर्ने बजेट

डा. खिमलाल देवकोटा- संविधानले नेपाली जनतालाई सार्वभौम बनाएको छ । संविधानको प्रस्तावनाको पहिलो अनुच्छेदमा भनिएको छ । हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता । संसद भनेको सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको प्रतिनिधिमूलक शक्तिशाली निकाय हो । संसदले सरकार बनाउँछ । सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ(धारा ७६ (१०) संसदले प्रधानमन्त्री दिन सक्ने अवस्था रहँदा रहँदै पनि दोस्रोपटक प्रतिनिधि सभा […]

अदालतको साख

किरण पोखरेल- प्रतिनिधि सभाका १ सय ४६ जना सदस्य सर्वोच्च अदालतमा उपस्थित भई सनाखत गराएर रिट दायर गरेपछि विपक्षी गठबन्धनबाट बहुमत सदस्यको हस्ताक्षरसहित सरकार गठनका लागि प्रस्तुत दाबीलाई अस्वीकार गर्ने र प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय यसै खारेजयोग्य भयो भन्ने धेरैलाई लागेको छ । अझ सर्वोच्च अदालतको नेतृत्व गरिसकेका चार पूर्वप्रधान न्यायाधीशले […]

गणतन्त्र : के सोचेको के भयो !

जगत नेपाल  मुलुकमा २३८ वर्ष लामो राजतन्त्र अन्त्य भएर गणतन्त्र घोषणा भएको दिन २०६५ जेठ १५ गतेको डायरीबाट यो आलेख सुुरु गर्दै छु । तिनताका म कान्तिपुर टेलिभिजनमा समाचार संयोजक थिएँ । त्यस दिन बिहान ७ बजे उठेर अफिस गएको मान्छे घर फर्किँदा त रातको १ बजेछ । थाकेर लखतरान थिएँ । मलाई कुर्दाकुर्दा पत्नी […]

गणतन्त्रमा ओलीको अध्यादेशतन्त्रको बादल

हामीकहाँ गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएको छ। ०६२/६३ को दोस्रो जनआन्दोलनको जगमा राजनीतिक दलहरूले निर्माण गरेको अन्तरिम संविधान ०६३ संशोधन गरी संविधानसभाको चुनावअगावै २०६४ पुस १३ गते नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने प्रावधान राखिएको थियो। ०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेपछि हामीकहाँ गणतन्त्र स्थापना भएको हो। […]

लोकतन्त्रमा तानाशाहको जन्म

कुलचन्द्र वाग्ले सरकार चलाउने धेरैजसा प्रणाली एकाधिकारवादी र तानाशाही प्रकारकै छन् । लोकतन्त्रमात्र यसको अपवाद हो । लोकतन्त्र पनि मूलतः व्यवहार हो शब्द त उच्चारणमात्रै । अन्य प्रणालीको दार्शनिक धरातल नै तानाशाही दीक्षित छ । लोकतन्त्र भनियोस् कि प्रजातन्त्र यो प्रणाली चाहिँ विविध कोणबाट जनमुखी प्रमाणित भएको छ । तर, लोकतन्त्रको भद्रता वा लचिलोपन भने […]

कोरोनाको उत्पति मानिसबाट भयो कि प्रकृतिबाट ?

कोभिड–१९ का कारण विश्वभरकै जनजीवन एक वर्षयता पूर्णरूपमा प्रभावित भएको छ । कोभिडका कारण निधन हुने मानिसको संख्या चाँडै ३४ लाख पुग्दैछ यद्यपि महामारीको शुरुवात कसरी भयो भन्ने कुरा अझै निश्चित भएको छैन । सरकार र वैज्ञानिकहरूको राजनीतिक एजेन्डाका कारण भाइरसको उत्पत्तिका विषय एकिन गर्न नसकिएको हो । यसले गर्दा मूलधारका सञ्चार माध्यम नै सत्य […]

अवमूल्यन हुँदै राष्ट्रपति पद

डा. सुरेश आचार्य निकै चर्चा र चासो रहे पनि मुलुकको सत्ता राजनीतिमा कुनै परिवर्तन भएन। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली घुमाइफिराइ कुर्सीका हकदार बनेका छन्। उनलाई संसदीय अंकगणितले मात्र साथ दिएको छैन, राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नै खल्तीको गोटी जस्तै पाएका छन्। यो अंकगणित संघीय संसद्मा मात्र होइन, प्रदेश सभामा पनि उस्तै छ। आज राजीनामा […]

काेरोना कहरमा पत्रकार र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको प्रहार

धर्मेन्द्र झा नेपालमा प्रेसको स्वतन्त्रता हरण गर्न सकिने संवैधानिक र कानुनी स्पष्ट अवस्था छैन । तर वर्तमान अवस्थाको विश्लेषण गर्ने हो भने यस सम्भावनालाई अस्वीकार गर्न सकिने अवस्था पनि छैन । वर्तमानमा छलफलमा रहेका केही कानुनहरु पारित भएको अवस्थामा भोलिका दिनमा नेपाली प्रेसको स्वतन्त्रता प्रभावित हुने निश्चित छ । वर्तमानको कुरा गर्ने हो भने सत्ताका […]

जति बढी लापरबाही उति बढी खतरा

महेन्द्रबहादुर विष्ट कोरोना भाइरस महामारीको दोस्रो लहरले नेपाललाई पनि दिनानुदिन आक्रान्त बनाउँदै लगिरहेको छ । प्रायः समाप्तितिर पुगेको यो महामारी पुनः बौरेर आएको छ । अहिलेसम्म विश्वका लगभग १५ करोड मानिस यसबाट संक्रमित र सिकिस्त भइसकेका छन् । भारतमा महामारीको भयावहता र त्यहाँ शय्या तथा अक्सिजनको हाहाकारले गर्दा हजारौं संक्रमितको मृत्यु भइरहेको हृदयविदारक अवस्थाको सोझो र स्वाभाविक असर […]