नेकपा सचिवालय बैठक भदौ १८ गते सम्मलाई सर्‍यो

नेकपा सचिवालय बैठक भदौ १८ गते सम्मलाई सर्‍यो
Spread the love

 

काठमाडौँ,  १२ भदौ  (ई-रैवार)

नेकपाको भोलि (शनिबार) ११ बजेलाई तय भएको बैठक भदौ १८ गतेसम्मलाई सरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भोलि (शनिबार) ११ बजेलाई तय भएको सचिवालय बैठक भदौ १८ गतेसम्मलाई सरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि सचिवालयको बैठक भदौ १८ गतेसम्म सार्ने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित भएको बैठकका सहभागीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बैठक १८ गतेसम्म धकेलिएको सचिवालयका एक नेताले जानकारी दिए ।

“रक्षामन्त्री र गृहमन्त्री उपस्थित भएको बैठकमा सहभागी भएकालाई कोरोना देखिएछ । त्यही कारणले बैठक धकेलिएको हो,” सचिवालयका ती नेताले भने ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको पीएसओसहित सुरक्षा गार्डलाई कोरोना सङ्क्रमण देखिएपछि सचिवालयको बैठक १३ गतेलाई तय भएको थियो । नेता नेपाल झन्डै सातदिन होम क्वारेन्टिनमा बसेको थिए । नेपालसहित उनको सचिवालयको बुधबार पनि कोरोना परीक्षण भएको थियो । सबैको नेगेटिभ रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।

भोलिको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा पेस गर्ने कार्यसूची थियो । पार्टीभित्रको विवाद समाधान हुन नसक्दा साउन १८ गतेदेखि स्थायी कमिटी बैठक पनि बस्न सकेको छैन ।