नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १ सय ४६ पुग्यो

नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १ सय ४६ पुग्यो
Spread the love

 

काठमाडौ, भदौ ६ (ई-रैवार)

महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न ६ जिल्लामा ९ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा कोरोना भाइरसबाट सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुर गरी ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन ।

प्रवक्ता डा.गौतमकाअनुसार मृत्यु हुनेमा एक बालिका र ८ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार  सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।