काठमाडौ, भदौ ६ (ई-रैवार)
मुलुकभर पछिल्लो २४ घन्टामा थप ६ सय ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको बताएका हुन् ।
मन्त्रालयका अनुसार शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ९२ हजार ४ सय १८ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १२ हजार ५ सय १९ पीसीआर परीक्षण भएका छन् ।
यसमध्ये काठमाडौं जिल्लामा १ सय ६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना, पर्साका ५९ जना, मोरङका ५२, सिराहाका ३५, मकवानपुरका ३२, सुनसरीका ३१, बाँकेका २८, चितवनका २७, रुपन्देहीका २३, झापाका १७, कास्कीका १६, कपिलवस्तुका १५, कैलालीका १४ र बाराका १० जनामा संक्रमण देखिएको छ ।
यस्तै बर्दियाका ७, सल्यानका ६, दोलखाका ४, भोजपुर, धनुषा, रौतहट, सप्तरी, काभ्रे, नवलपुर र नवलपरासीका ३÷३ जना, धादिङ, नुवाकोट, तनहुँ, जुम्ला र सुर्खेतका २-२ तथा इलाम, संखुवासभा, महोत्तरी, सर्लाही, सिन्धुली, बाग्लुङ, स्याङ्जा, पाल्पा, प्युठान, रोल्पा, डडेलधुरा र डोटीका १-१ जनामा संक्रमण देखिएको छ ।
२४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ सय ३६ जना रहेको छन । यो सँगै हालसम्म निको हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ६ सय ५८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १२ हजार ६ सय २१ जना रहेको छ ।


