सुनको भाउ तोलाको ८९ हजार ३ सय रुपैयाँ कायम

सुनको भाउ तोलाको ८९ हजार ३ सय रुपैयाँ कायम
Spread the love

काठमाण्डौँ, फागुन १३ (ई-रैवार)

सुनको भाउ प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँ घटेको थियो । महासंघले तेजावी सुनको भाउ प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार १३४५ रुपैयाँमा कारोबार भएको थियो ।