खाल्डोमा डुबेर मृत्यु भएका २ बालकका परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति

खाल्डोमा डुबेर मृत्यु भएका २ बालकका परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति
Spread the love

 

बैतडी, भदौ २ (ई-रैवार) 

बैतडीमा खाल्डोमा डुबेर मृत्यु भएका दुई बालकका परिवारलाई क्षतिपूर्ती दिने सहमति भएको छ । क्षतिपूर्ती दिने सहमति भएपछि परिवारले शव बुझेका छन्।
दशरथचन्द नगरपालिका वडा नम्बर– २ देहीमाण्डौका राम लावडका १४ वर्षीय छोरा अंकित र सोही ठाउँका तारा लावडका ११ वर्षीय छोरा सन्दीप को खाल्डोमा डुबेर ज्यान गएको थियो ।

देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका २ सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएपछि परिवार शव बुझेका थिएनन् ।

आज मृतकका परिवार, निर्माण व्यवसायी र जनप्रतिनिधीहरुबीच पीडित परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति पछि परिवारले दुवै बालकको शव बुझेका हुन् ।

देहीमाण्डौं–गिरेगडा सडकखण्ड स्तरोन्नतीको काम गरिरहेका निर्माण व्यवसायीले ६ लाख र दशरथचन्द नगरपालिका तर्फबाट ४ लाख गरी मृतकका परिवारलाई १० लाख क्षतिपूर्ती दिने सहमति भएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए ।