भारतमा कोरोना भाइरसबाट एकैदिन ९ सय ६१ जनाको मृत्यु, २४ घण्टामा ५८ हजार १ सय ८ जना संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट एकैदिन ९ सय ६१ जनाको मृत्यु, २४ घण्टामा ५८ हजार १ सय ८ जना संक्रमित थपिए
Spread the love

 

  काठमाडौं, भदौ १ (ई-रैवार)

भारतमा कोरोना भाइरसबाट एकैदिन ९ सय ६१ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५८ हजार १ सय ८ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा सोमबार ९आज)बिहानसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ हजार ४५ पुगेको छ भने २६ लाख ४७ हजार ३ सय १६ जना संक्रमित रहेका छन्।

अमेरिकामा बितेको एक दिनमा संक्रमणबाट ५ सय २२ जनाको मृत्यु भएको छ भने ३६ हजार ८ सय ४३ जना संक्रमित थपिएका छन् । यो सँगै अमेरिकामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १ सय २८ पुगेको छ भने ५५ लवाख ६६ हजार ६ सय ३२ जनामा संक्रमण रहेको पुष्टि भएको छ ।

ब्राजिलमा कोरोनाका कारण ५ सय ८२ जनाको मृत्यु भएको छ भने थप २२ हजार ३ सय ६५ जना संक्रमित भेटिएका छन् ।सोमबार बिहानसम्म संक्रमणबाट ब्राजिलमा १ लाख ७ हजार ८ सय ७९ जनाको मृत्यु भइसकेको छ भने ३३ लाख ४० हजार १ सय ९७ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

त्यस्तै मेक्सिकोमा एक दिनमा कोरोनाको संक्रमणबाट ५ सय ३५ जनाको गुमाएका छन् भने ६ हजार ३ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै मेक्सिकोमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६७ हजार ५ सय ४३ पुगेको छ भने ५ लाख १७ हजार ७ सय १४ जना संक्रमित रहेका छन् ।

कोलम्बियामा बितेको चौबिस घण्टामा कोरोनाको संक्रमणबाट २ सय ८७ जनाको मृत्यु भएको छ भो ११ हजामर ६ सय ४३ जना नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म कोलम्बियामा भाइरसबाट १५ हजार ९७ जनाको ज्यान गइसकेको छ भने ४ लाख ६८ हजार ३ सय ३२ जना संक्रमित रहेका छन् ।

रुसमा बितेको चौबिस घण्टामा भाइरसको संक्रमणबाट ६८ जनाको ज्यान गएको छ भने ४ हजार ९ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै रुसमा कोरोना भाइरसका काराण् ज्यान गुमाउनेको संख्या १५ हजार ६ सय ८५ पुगेको छ भने ९ लाख २२ हजार ८ सय ५३ जना संक्रमित रहेका छन् ।

विश्वका विभिन्न देशमा गरी बितेको चौबिस घण्टामा थप २ लाख १२ हजार १ सय ९५ जना नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ५ सय २५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको स्ंख्या ७ लाख ७२ हजार ७ सय ५१ पुगेको छ भने २ करोड १८ लाख १७ हजार ६ सय ८२ जनाका संक्रमण रहेको पुष्टि भएसकेको छ।

संक्रमण देखिएकामध्ये १ करोड ४५ लाख ५३ हजार २ सय ५ जना निको भइसकेका छन् भने ६४ हजार ४ सय ८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको बिश्व स्वास्थ्य संगठनले जनाएको छ।