नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु
Spread the love

 

काठमाडौं, भदौ १ (ई-रैवार)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा पार्टीमा देखिएका समस्याहरुको समाधानका विषयमा छलफल हुने बताईएको छ ।

बैठकमा अध्यक्षद्वयले गठन गरेको कार्यदल, मन्त्रिमण्डल पुनर्गठन, पार्टीको महाधिवेशन र अहिलेसम्मका विवादका विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको ६ सदस्यीय कार्यदललाई आजको सचिवालय बैठकले अनुमोदन गर्ने बताईएको छ ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशुले सचिवालयले गठन प्रक्रियालाई अनुमोदन गरेपछिमात्रै त्यसको प्रतिवेदन बैठकमा छलफल हुनुपर्ने धारणा राखेपछि बैठकमा कार्यदल गठनको निर्णय अनुमोदन हुन लागेको हो ।

मन्त्रिपरिषदका सदस्य परिवर्तन गरेर सरकारलाई प्रभावकारी पार्ने विषयमा पनि छलफल गर्ने तयारी छ । तर, मन्त्रिमण्डलका सदस्य परिवर्तन गर्ने विषय कार्यदलको प्रतिवेदन आएसँगै गर्ने वा स्थायी कमिटी बैठकपछि गर्ने भन्ने विषय टुंगो नलागेको एक सदस्यले जानकारी दिए ।

विवाद बढेसँगै नेकपाको सचिवालय बैठक एक महिनादेखि बस्न सकेको थिएन ।