डडेल्धुरामा खोलाले बगाउँदा एक महिलाको मृत्यु

Spread the love

डडेल्धुरा, कार्तिक २ (ई-रैवार)

खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घर नजिकै रहेको खोलाबाट पाईपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरो सहितको भेलले बगाउँदा शाहीको मृत्यु भएको हो ।

गन्यापधुरा गाउँपालिका–३ का स्थानीय प्रदीप शाहीले खोलाले बगाएपछि करिब ५ सय मिटर तल उनको शव भेटिएको प्रदीप शाहीले बताएका छन्।

अहिले सकायल चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।